Friday, November 20

मनोरन्जन

दर्शकको मन जित्दै आनन्द कार्कीको नयाँ सांगीतिक कोशेली ‘ईटहरीको बजारमा’
मनोरन्जन, समाचार

दर्शकको मन जित्दै आनन्द कार्कीको नयाँ सांगीतिक कोशेली ‘ईटहरीको बजारमा’

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका लोकप्रिय वरिष्ठ गायक आनन्द कार्की नयाँ गीत ‘ईटहरीको बजारमा’ लिएर दर्शकमाझ आएका छन् । गायिका गंगा खनालसँगको युगल स्वरमा तयार गरिएको उक्त गीत तथा म्युजिक भिडियो आनन्द कार्की अफिसियल नामक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेषगरी गीतको आकर्षक प्रस्तुति, मौलिक स्वाद, आधुनिक संगीत संयोजन तथा भिडियोको भव्य निर्माणले दर्शक तथा संगीतप्रेमीहरूको ध्यान तानिरहेको छ । https://www.youtube.com/watch?v=nwYmovmEf1s पूर्वी नेपालको चर्चित शहर ईटहरीलाई केन्द्रमा राखेर तयार गरिएको ‘ईटहरीको बजारमा’ बोलको गीतमा प्रेम, रमाइलोपन र आधुनिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा वरिष्ठ गायक आ...
गायक बियोन्डको ‘झिम झिम’ सार्वजनिक
मनोरन्जन, समाचार

गायक बियोन्डको ‘झिम झिम’ सार्वजनिक

काठमाडौं।  नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच एफएसडी फिल्मस्को प्रस्तुतिमा तयार गरिएको उक्त गीतको भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीमाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ । गीतमा शब्द रचना स्वयं बियोन्डकै रहेको छ भने संगीत ब्रिजेश श्रेष्ठले गर्नुभएको छ । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको समिश्रण रहेको ‘झिम झिम’ ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ । गीतको भिडियो निर्देशक पी माधवले निर्देशन गर्नुभएको हो । भिडियोमा आकर्षक दृश्य संयोजन र कलात्मक प्रस्तुति देख्न सकिन्छ । कोरियोग्राफर दिपिका तामाङको कोरियोग्राफीले भिडियोलाई अझ जीवन्त बनाएको छ । भिडियोमा...
बिजय गुरुङको सिर्जनामा ‘भेरी कर्णाली’ सार्वजनिक (भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

बिजय गुरुङको सिर्जनामा ‘भेरी कर्णाली’ सार्वजनिक (भिडियो)

काठमाडौं — नेपाली संगीत क्षेत्रमा नयाँ म्यूजिक भिडियो 'भेरी कर्णाली' सार्वजनिक गरिएको छ। गीतमा युवा कलाकारहरूको सशक्त प्रस्तुति देख्न सकिन्छ। उक्त गीतमा लोकप्रिय गायिका तृप्ती खड्का गुरुङ र केपी कलौनीको स्वर रहेको छ भने शब्द तथा संगीत बिजय गुरुङ ले तयार गरेका हुन्। गीतलाई थप आकर्षक बनाउन नरेश पाण्डे ले एरेन्ज, मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। रेकर्डिङ कार्य सारेगम स्टुडियो मा सम्पन्न गरिएको हो। म्यूजिक भिडियोमा रितु चौधरी र मासुम बिष्ट ले अभिनय गरेका छन्। भिडियोको छायांकन सतिष सिन्हा र जिके रावल ले गरेका हुन् भने सम्पादन पनि सतिष सिन्हाले नै गरेका छन्। त्यस्तै, भिडियो निर्देशन मासुम बिष्ट र सतिष सिन्हाले संयुक्त रूपमा गरेका छन्। आकर्षक दृश्य, सशक्त प्रस्तुति र आधुनिक प्रविधिको प्रयोगले भिडियोलाई अझ प्रभावशाली बनाएको निर्माण टिमले जनाएको छ। सार्वजनिक भएको य...
चलचित्र विकास बोर्डको ऐतिहासिक कदम : क्यान्स फिल्म फेस्टिभलमा  नेपाल स्टल स्थापना
मनोरन्जन, समाचार

चलचित्र विकास बोर्डको ऐतिहासिक कदम : क्यान्स फिल्म फेस्टिभलमा नेपाल स्टल स्थापना

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स फिल्म फेस्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा सहभागिता जनाएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा चलचित्र विकास बोर्डले नेपालका तर्फबाट स्टल स्थापना गर्दै नेपाली चलचित्र, चलचित्रकर्मी तथा नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने ऐतिहासिक पहल गरेको हो । चलचित्र विकास बोर्डले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बेलायतस्थित नेपाली प्रोडक्सन कम्पनी “शाही प्रोडक्सन” लाई स्थानीय साझेदार तथा व्यवस्थापकको रूपमा जिम्मेवारी दिइएको छ । बोर्डका अनुसार सरकारी वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन कठिन भएपछि स्थानीय व्यवस्थापनमार्फत नेपालको सहभागिता सुनिश्चित गरिएको हो । बोर्डले यसअघि २०८१ फागुन २५ गते आधिकारिक सूचना जारी गर्दै क्यान्स फेस्टिभलमा सहभागी हुन इच्छुक चलचित्रकर्मीलाई...
‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, विभिन्न विधाका स्रष्टा सम्मानित
मनोरन्जन, समाचार

‘ग्लोबल स्टार अवार्ड–२०२६’ भव्य सम्पन्न, विभिन्न विधाका स्रष्टा सम्मानित

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटल मक्र्युरमा  भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई समारोहमा विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो । त्यसैगरी चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६ बाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई विशेष सम्मान प्रदान गरिएको थियो । लोकसंगीत, सञ्चार तथा साहित्य क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाललाई “लोकसंगीत, सञ्चार र साहित्यका जीवित दिग्गज अति विशिष्ट सम्मान–२०२६” प्रदान ...
‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाज

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण सेन्चुरी, मिक्सिङ/मास्टरिङः बिमल चिनाल, सम्पादन/रङः क्रान्ति केसी, छायांकन अजय रेग्मीको रहेको गीतको भिडियोमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री,इन्द्रप्रसाद ढकाल, द्रोण अधिकारीको जिवन्त अभिनय रहेको छ । निर्माण प्रबन्धक राजेन्द्र ठकुरी र विदेश केसी, भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ का निर्देशक क्रान्ति केसी हुन् ।...
२५ लाख पुरस्कार राशि रहेको  गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै
मनोरन्जन, समाचार

२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ आउदै

काठमाडौ । २५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’को पहिलो सिजन जेठबाट प्रसारणमा आउने भएको छ । प्रतिभाको खोजी, मौलिकताको सम्मानस् गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित आयोजना गरिएको प्रतियोगिता अहिले डिजिटल अडिसन बाट फिजिकल राउण्डमा प्रवेश गरेको छ । जसमा डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूले फिजिकल राउण्डमा आफ्नो प्रस्तुति निर्णायक सामु राखी रहेका छन् । पेप्सीकोलामा रहेको गाउँछ गीतको छायाङ्कन स्टुडियोमा शनिवार र आइतबार गरी डिजिटल अडिसनमा देशै भरबाट छानिएका प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति राखेका हुन् । यो चरण पार गर्न सकेका करिब ५० प्रतियोगीले मेघा राउण्डमा प्रवेश पाउने छन् । प्राइम टेलिभिजनबाट शनिवार र आइतबार राती ९ बजे प्रसारण हुने यो प्रतियोगिता नेपाली सङ्गीत क्षेत्रमा एक कोशे ढुङ्गा साबित हुने विश्वास लिएको शोका निर्देशक हरि शर्माले बताएका छन् । प्रतियोगिताको...
बालप्रतिभाको चमक: नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२ सम्पन्न
मनोरन्जन, समाचार

बालप्रतिभाको चमक: नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२ सम्पन्न

ललितपुर — ब्ल्याक बर्ड इन्टरटेन्मेन्टको आयोजनामा “नेपाल किड्स ट्यालेन्ट हन्ट २०८२” को ग्रान्ड फिनाले चैत २९ गते आइतबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा भव्य रूपमा सम्पन्न भएको छ। करिब दुई महिनासम्म सञ्चालन भएको प्रशिक्षण तथा प्रतिस्पर्धापछि उत्कृष्ट २० जना फाइनलिस्टहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित तथा वरिष्ठ डान्स कोरियोग्राफर कमल राईको उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक र ऊर्जावान बनाउँदै सोनित राज धुंगेलले सञ्चालन गरेका थिए। गायन विधातर्फ दिक्षिता शाही विजेता घोषित भइन् भने प्रोषण परियारले पब्लिक च्वाइस अवार्ड जित्न सफल भए। त्यस्तै, छेसाङ लामा प्रथम रनरअप र श्रियुक्ता शाही द्वितीय रनरअप घोषित भए। गायनतर्फका निर्णायकहरूमा गायक तथा संगीतकार रमेश पाठक, गायक चेतन राई तथा गायिका रानु निरौला रहेका ...
कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
मनोरन्जन, समाचार

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ काठमाडौंमा हालै सम्पन्न ७ औँ संस्करणको ‘सगरमाथा म्युजिक अवार्ड २०८२’मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई 'सगरमाथा कला सम्मान २०८२' द्वारा सम्मानीत गरिएको छ । उनलाई आयोजकले मोडलिङ क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि विशेष सम्मान प्रदान गरेको हो। संगीत र ग्ल्यामर क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आयोजकले झाको यस क्षेत्रमा पुर्याएको योगदानको  खुलेर प्रशंसा गरेका थिए । ‘मोडलहरूलाई केवल सुन्दर देखिने मात्र होइन, उनीहरूलाई आफ्नो अभिव्यक्ति र प्रस्तुति कसरी प्रभावकारी बनाउने भन्ने कुरामा केन्द्रित भएर काम गर्दै आएको छु। आजको सम्मानले अझ धेरै जिम्मेवारी थपेको महसुस भएको छ’, झाले भने । अश्विनीले धेरै वर्षदेखि मोडलहरूलाई तालिम, ग...
स्रष्टा जीवन शर्मालाई सम्मानसहित नयाँ गीत विमोचन
मनोरन्जन, समाचार

स्रष्टा जीवन शर्मालाई सम्मानसहित नयाँ गीत विमोचन

सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाएको सहभागीले बताएका थिए । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको गीतमा चर्चित गायिका अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । गीतले जीवनका आकांक्षा, अनुभूति र भावनात्मक यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको आयोजकले जनाएका छन् । मिलाप मासिक र साहित्यक पत्रकार संघको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक अभिनन्दनसमेत गरिएको थियो । संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मिलापका प्रधान सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । प्रमुख अतिथिका रूपमा वरिष्ठ गीतकार चूडामणि देवकोटा रहनुभएको थियो । ...