Saturday, November 21

मनोरन्जन

बज्र गुरुङ्गको स्वरमा जापानी गित‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

बज्र गुरुङ्गको स्वरमा जापानी गित‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

लामो समयदेखि जापानमा बस्दै आएका नेपालका गायक बज्र गुरुङले गाउनु भएको जापानी गीत ‘आइताकु नारु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिपेश सिंहको संगीत संयोजन रहेको गीतको भिडियो होटल र्याडिसनमा एक कार्यक्रमका उक्त जापानी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतज्ञ एवं नाट्य कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यता तथा वरिष्ठ गायिका ज्ञानु राणा, जापानी नागरिक एवं व्यबसायी यौची टाडा र मेग्मिको विशेष अतिथीको रुपमा उपस्थिती रहेको थियो । वर्ल्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई गीत संगीतको क्षेत्रमा दिएको योगदानको कदर स्वरुप नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गायक गुरुङले आफ्नो कर्मथलो जापान भए पनि जन्मभुमि नेपाललाई सदा सम्झिरहेको बताउनुभयो । गीत, संगीत, कलाक...
‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक
मनोरन्जन, समाचार

‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाण्डौ, पौष २२ ग्यालेक्सी दैनिक अष्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । थ्रीलर र हरर जनरामा बनाइएको फिल्मको लेखन तथा निर्देशन मनोज अधिकारीले गरेका हुन् । अष्ट्रेलियामा बस्ने नेपालीहरुको कथावस्तुमा आधारित रहेको फिल्मको सम्पूर्ण छायांकन त्यहीँ गरिएको छ । अष्ट्रेलियामा कार्यरत नेपाली नर्सले काम गर्दा भोगेका अस्वभाविक गतिविधिको चुनौति फिल्मको कथावस्तु हो । हरर जनरामा बनेको फिल्ममा निखिला बुढाथोकीको मुख्य भूमिका छ । पोस्टरमा उनकै चरित्रलाई चित्रण गरिएको छ । निखिला पेशाले नर्स पनि हुन् । विदेशी प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण भएको फिल्मको दोस्रो चरणको छायांकन हुन बाँकी छ । निर्माता तथा अभिनेता भानु प्रताप ढकालले यसअघि ‘लालटिन’ निर्माण गरेका थिए । यस्तै , निर्देशक अधिकारीले फिल्म ‘ऋतु’को निर्माण तथा निर्देशन गरेका थिए । ...
पुर्व प्रधानमन्त्री ओलिसंग महाअभियानका प्रतिनिधि मण्डलको विशेष भेटवार्ता
मनोरन्जन, समाचार

पुर्व प्रधानमन्त्री ओलिसंग महाअभियानका प्रतिनिधि मण्डलको विशेष भेटवार्ता

काठमाण्डौ, पौष २१ ग्यालेक्सी दैनिक नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा विभिन्न तहतप्काबाट भै रहेको संस्कृति बचाउ कार्यक्रम,अभियानलाई सहयोग समर्थन र सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउनका लागि भन्दै केही दिन अगाडि ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान २०७८’ घोषणा भएको थियो । महाअभियानको संयोजकमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् । नेपालमा भएको कलासंस्कृति अतिक्रमणको बिषयमा महाअभियानले पुर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपि शर्मा ओलिलाई निवासमै भेटि ध्यानाकर्षण गराएको छ । बुधबार महाअभियानको एक टोलीले भेट गर्दै देशमा बढ्दै गैरहेको सांस्कृतिक अतिक्रमण र बिकृतीबारे जानकारी गराएको हो । महाअभियानका संयोजक मोहन निरौला, सदस्य सचिब ठण्ड बहादुर अधिकारी, प्रवक्ता बिश्वमणि घिमिरे, सदस्य मनोज भेटवाल, मुकुन्द मैनाली, सुन्दर श्रेष्ठ अभियान्ता...
कृयाशीलको निशुल्क अभिनय, नृत्य तालिम तथा सम्मान कार्यक्रममा ‘अँध्यारो उज्यालो’ नाटक मञ्चन
मनोरन्जन, समाचार

कृयाशीलको निशुल्क अभिनय, नृत्य तालिम तथा सम्मान कार्यक्रममा ‘अँध्यारो उज्यालो’ नाटक मञ्चन

काठमाण्डौ, पौष २१ ग्यालेक्सी दैनिक एक महिने निशुल्क अभिनय तथा नृत्य तालिम समापन तथा सम्मान कार्यक्रम सम्पन्न नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा कृयाशील होचा पुड्का महिला संघको आयोजनामा भएको एक महिने निशुल्क अभिनय तथा नृत्य तालिमको समापन तथा सम्मान-पत्र, कदर-पत्र तथा प्रमाण पत्र वितरण कार्यक्रम २०७८ र नाटक अँध्यारो उज्यालो मञ्चन सभ्य तथा भव्य रुपमा सम्पन्न गरिएको छ । वरिष्ठ रंगकर्मी, कलाकार प्रभाकर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संघकी अध्यक्ष सुन्दरी मिश्र, अभिनय तथा नृत्य प्रशिक्षक, रंगकर्मी, लेखक तथा निर्देशक प्रल्हाद खरेल तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । शैली थियटरमा सम्पन्न उक्त कार्यक्रममा रंगकर्मी, कलाकार, समाजसेवी लगायत विभिन्न उच्च कोटिका व्यक्तित्वहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो भने तालिम लिएका प्...
तामाङ गीत ”फतौरि कान्छि” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

तामाङ गीत ”फतौरि कान्छि” सार्वजनिक(भिडियो)

तामाङ गीत संगित युट्युब तथा टिकटक मार्फत बजारमा आउने क्रम बढ्दो छ । यहि क्रम संगै अहिलेका चर्चित गायक तथा संगितकार बिशाल काल्तान र गायिका जितु लोप्चनको स्वरमा रहेको गित ” फतौरि कान्छि ” तामाङ गीत म्युजिक भिडियोका साथ युट्युबमा रिलिज भएको छ । अंग्रेजि नयां बर्ष २०२२ को अबसर पारेर रिलिज गरेको गितको म्युजिक भिडियो भने कतारमा छयांकन गरेको हो । तामाङ चलचित्रका एक समयका चर्चित नायक जंगे लोप्चनले यस गित लाई निर्देशन गरेका छन । नायक लोप्चन हाल कतारमा छन । कतारको बिभिन्न रमणीय ठाउंहरुमा छयांकन गरेको यस गितमा कलाकार भबिन्द्र तामाङ , उर्मिला तामाङ , गणेश तामाङ, सृष्टि तामाङ लगायत साथिहरुको अभिनय रहेको छ । समिर तामाङ र सम्झाना तामाङ निर्माता रहेको यस गितको शब्द संगित बिशाल काल्तानकै रहेको छ भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेको यस गितको एरेन्ज चांद सिं र मिक्सिङ दिपेश प्रधानले गरेका हुन । गायक बि...
मिस व्युटिफुल नेपाल सम्पदा अमगाईलाई दुवईमा सम्मान
मनोरन्जन, समाचार

मिस व्युटिफुल नेपाल सम्पदा अमगाईलाई दुवईमा सम्मान

मिस व्युटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमगाई युएईको दुवईमा ग्लोबल ईन्टरनेशनल अवार्डमा सम्मानित भएकी छिन । उनले हालै दुवईस्थित अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त सम्मान प्राप्त गरेकी हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । सानै उमेरदेखि थुप्रै पदक तथा पुरस्कारहरु हात पार्न सफल अमगाईले ९ वर्षको उमेरमा नै सानो परिमा मस्ट टैलेन्ट को उपाधी जित्न ...
रेश्मा बोम्जनको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रेश्मा बोम्जनको ‘मूंगाको माला’ सार्वजनिक(भिडियो)

गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली ‘मूंगाको माला’ सार्वजनिक भएको छ । विशेष गरी सेलो गीत संगीतको क्षेत्रमा निरन्तर लाग्दै आएकी गायिका बोम्जनको यसअघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्चित छन् । उनीको स्वरमा अन्य गीतहरु तामाङकी चेली, डम्फु र सेलो, टुङ्नाको मीठो धुन” निकै चर्चामा छन् । मूंगाको मालामा शब्द कुमार स्याङ्बा, संगीत चन्द्रकुमार दोङ, एरेन्ज फनिन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ । भिडियोतर्फ युवराज वाईबाको निर्देशनमा सागर प्रधानले खिचेका हुन् भने विकेश दहालले सम्पादन गरेका छन् । त्यस्तै अभिनयमा निरान्जली, कुन्साङ र रजनीलाई देख्न सकिन्छ ।...
सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न
मनोरन्जन, समाचार

सक्सेस अचिभर्स अवार्ड २०२१ सम्पन्न

काठमाण्डौ, पौष १८ ग्यालेक्सी दैनिक अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ । कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने, मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्षासेवी उत्तम सञ्जेल, युवा व्यवसायी विकास पाण्डे, महिला उद्यमी विदुषी राणा, वरिष्ठ पत्रकार ऋषि धमला, ब्यबसायी तथा समाज सेवी रामशरन बस्नेत लगाएत सम्मानित भए । सम्मान कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सिकाइबाट नै सफलता मिल्ने बताएका छन् । उनले परिवर्तनका लागि निरन्तर...
सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी…’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको प्रमुख आतिथ्यतामा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गीता अधिकारीको सभापतित्वमा भएको गीत सार्वजनिक कार्यक्रममा विशिष्ट कलाकार तथा गीतकार लय संग्रौला, वरिष्ठ कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरे लगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देश...
फेशन फिभर फ़्राइडे नाइट सम्पन्न
मनोरन्जन, समाचार

फेशन फिभर फ़्राइडे नाइट सम्पन्न

फेशन फिभर फ़्राइडे नाइट कार्यक्रम धुमधाम साथ् सम्पन्न भएको छ। क्रिश्मसको अघिल्लो दिन इभ मनाउने हिसाबले आयोजना गरिएको कार्यक्रमको मुख्य आकर्षकको रुपमा कलाकार मेचु धिमाल थिइन्। कार्यक्रममा रेडियो झापाका एमडी कोशिस सिवाकोटी, सी जी ब्रेव्रिका मेची अफिसर रमेश बानियाको समेत उपस्थिति रहेको थियो। आयोजित कार्यक्रमको सुरुवात स्थानीय गायक सुदेश राइको एकल प्रस्तुतिबाट भएको थियो। कार्यक्रममा फेशन शोका लागि सुस्कृति नेपाली, स्वेता सुबेदी, सम्पना सुन्दास, बिनाम पोमु लिम्बु, आयुष गुरुङ्ग, नतिजा प्याकुरेल लगायतका मोडेलहरु रहेका थिए। कार्यक्रममा मेचु धिमालको स्वागत प्लानेट मल्टिमिडियाका सीइओ मोनित महर्जन, रेड मगका एम ड सबिन राइ, मुकेश शाह र ओशा राइले गरेका थिए। उक्त कार्यक्रममा सम्पूर्ण सहयोगी कम्पनि, मिडिया, मोडेल र प्रायोजक कम्पनिहरुलाई सम्मान स्वरूप मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रममा मेचु धिमालले ...