Friday, November 20

मनोरन्जन

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्ड
मनोरन्जन, समाचार

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्ड

सौन्दर्यकर्मी मन्जिला सुवेदीलाई स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित हुनुभएको छ । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण भव्य कार्यक्रममा उहांलाई नेपाल सरकारका रक्षा मन्त्री डा.मिनेन्द्र रिजालको हातबाट वर्ष सौन्दर्य विशेषज्ञको उपाधीबाट सम्मानित हुनुभएको हो । होटल र्याडिसनमा सम्पन्न उक्त कार्यक्रममा उहांलाई सौन्दर्य क्षेत्रको लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहांलाई उक्त सम्मान गरिएको थियो । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । समाजसेवामा समेत सक्रिय सुवेदीले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद सुवेदी ग्राहकको सन्तुष्टीका लागि गुणस...
‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत
मनोरन्जन, समाचार

‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ मा वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् । उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए । साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे । ‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्था स...
तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न
मनोरन्जन, समाचार

तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद १७ हजार ६९६ रुपैयाँसहित सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले उहाँलाई सम्मान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो । त्यसैगरी विदुर गिरीलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान आठ हजार ८४८ रुपैयाँसहित ...
गायक शशान कडेँलको नयाँ भजन “ॐ शिव ॐ” (भिडियो सहित)
भिडीयाे, मनोरन्जन, समाचार

गायक शशान कडेँलको नयाँ भजन “ॐ शिव ॐ” (भिडियो सहित)

काठमाण्डौँ, कार्तिक ३०  ग्यालेक्सी दैनिक भजन किङगको उपनामले चिनिने चर्चित गायक शशान कडेँलको नयाँ भजन गीत ॐ शिव ॐ को भिडियो सार्वजनिक भएको छ । यस् भिडियोमा विश्व चर्चित नेपालको एैतिहासिक पशुपति क्षेत्र वरपरका मनोरम द्रिश्यलाई कैद गरिएको छ । अहिलेको नयाँ पुस्ताले पनि भजन सुन्नु पर्ने र गाउंदा पनि एउट धर्मिक आस्था हुने भने अर्कोतिर मन पनि शान्त रहने कुरालाई मध्यनजर गर्दै आफुले भजनहरु बजारमा ल्याएको कुरा गायक कंडेलले बताए । गीतमा सिन्चुरी सुरेश गमालको शब्द, संगीतकार महेश ज्ञवालीको संगीत, सञ्जय हमालको संगीत संयोजन (एरेन्ज), सञ्जीव मैनालीको बांसुरी बादन, सञ्जीव सुब्बाको गीतार र खडग बुढा मगरको मादल बादन रहेको छ । स्वयम गायक शशान कँडेलकै निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा देव के सी, महेश ज्ञवाली, सुरेश घमाल फिचर्ड छन भने शिवको विशेष भूमिकामा प्रकाश ओजी रहेका छन । बुद्ध थापाको ...
अफ्सान र शुष्मा फिचर्ड कुबेर तामाङ्गको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक
भिडीयाे, मनोरन्जन, समाचार

अफ्सान र शुष्मा फिचर्ड कुबेर तामाङ्गको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक

काठमाण्डौँ, कार्तिक ३०  ग्यालेक्सी दैनिक अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ । भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ । गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ । भिडियोलाई सबै दर्शक श्रोता, सञ्चारकर्मीहरुले हेरिदिन र सक्दो शेयर गरेर सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा टिमले बताए । भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्...
चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक
मनोरन्जन, समाचार

चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक

कमला जोशीको प्रस्तुती रहेको चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’ बोलको गीत सार्वजनिक  भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । https://youtu.be/1LGn9GlVx2s माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनीले वता...
स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न

स्टार ईन्टरनेशनल अवार्डको दोश्रो संस्करण होटल र्याडिसनमा भव्य रुपमा सम्पन्न भएको छ । । रक्षा मन्त्री डा।मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोहमा नेपालका ख्याती प्राप्त कलाकार,सौन्दर्यविद,खेलाडी,समाजसेवी लगायत करीब २ दर्जन सर्जक स्रष्टाहरु सम्मानित भएका थिए । सम्मानित हुनेमा नायक धिरेन शाक्य,खेलाडी तथा मोडल नन्दा बस्याल, नायक गजित विष्ट,अभिनेत्री विपना बस्नेत,संचारकर्मी कृष्ण भुसाल, ईभेन्ट अर्गनाईजर शान्ता कुमारी तामाङ्ग,कलाकार प्रेम पाण्डे,युवा व्यवसायी सन्दिप खनाल, कलाकार रमेश श्रेष्ठ तथा सुनिता गुरुङ्ग,संचारकर्मी माधव निर्दोश,गायक रामकृष्ण श्रेष्ठ ,ग्लोबल अनलाईन पेका डेविलसिंह राजपुत, सौन्दर्यविद मेनुका शिवाकोटी लगायत सम्मानित भएका थिए । यस अघि कतारको दोहामा नेपालबाट करिब ११० भन्दा बढि कलाकर्मीहरुलाई दोहा लगेर सम्मान गरेको थियो  । नेपाल नागरिक उड्डयन प्राधिकरणका म...
भव्य रुपमा सम्पन्न एएनपी नेशनल अवार्ड,ज्योतीले उचालिन जीवनकै पहिलो अवार्ड
मनोरन्जन, समाचार

भव्य रुपमा सम्पन्न एएनपी नेशनल अवार्ड,ज्योतीले उचालिन जीवनकै पहिलो अवार्ड

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका लागि राजधानीमा सोमबार सम्पन्न एएनपी अवार्डस् २०२१ मा विपिन कार्की र निरुता सिंह सर्वोत्कृष्ट अभिनेता र अभिनेत्री तथा प्रदीप भट्टराई सर्वोत्कृष्ट निर्देशकको अवार्ड विजेता भएका छन्। राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता भएका हुन्। २०७४ देखि २०७६ सालमा रिलीज फिल्म तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार भट्टराई २०७४ को पिंजडा व्याक अगेनबाट खलपात्र, सौरभ लामा २०७६ को पासवर्डबाट छायांकन निर्देशन, अर्जुन जिसी  २०७६ को साङलोबाट सम्पादन बनिष शाह र भुपेन्द्र अधिकारी २०७४ को प्रेम गीत २ बाट सम्पादन, रेनिष फागो प्रेम गीत २ बाटै सम्पादन, सत्यम राना २०७५ को छिरिङबाट कलरिस्टको अवार्ड विजेता भए। यस्तै विभिन्न मितिका विभिन्न फिल्मबाट य...
दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को लागि दरखास्त आव्हान
मनोरन्जन, समाचार

दोश्रो ‘सोसियल मिडिया फिल्म अवार्ड’को लागि दरखास्त आव्हान

फिल्म, वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै ‘सोसियल मिडिया फिल्म अवार्ड’ आयोजना हुने भएको छ । ड्रिम वल्र्ड अफ् फिल्म मेकर्सले यो अवार्ड आयोजना गर्न लागेको हो। मेकर्सकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष सवनम मुखियाले मुलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भईरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको बताइन्। अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, ‘वृत्तचित्र’अन्तर्गत वृत्तचित्र, ‘जनचेतना मुलुक विज्ञापन’ अन्तर्गत पिएसए एड विधामा प्रतिष्पर्धा हुनेछ। यस्तै ‘सोसियल मिडिया’अन्तर्गत ‘वेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल’, ‘वेस्ट युट्युव भिडियो’, ‘वेस्ट च्यालेन्जिङ न्युज लाईभ’, ‘वेस्ट इन्करेजमेन्ट म्युजिकली’, ‘वेस्ट ट्रोल र पब्लिक च्वाइस अवार्ड’ प्रदान गरिनेछ। प...
ग्यालेक्सि एक्सिलेन्स अवार्डसको पहिलो संस्करण भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

ग्यालेक्सि एक्सिलेन्स अवार्डसको पहिलो संस्करण भव्य रुपमा सम्पन्न

भवानी इन्टरटेन्मेन्ट तथा निकिला मिडियाको संयुक्त आयोजनामा ग्यालेक्सी एक्सीलेन्स अवार्ड वितरण गरिएको छ । समारोहमा सामाजिक, शैक्षिक, सांगितिक र कलाकारिताका क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई योगदानको कदर स्वरुप अवार्ड प्रदान गरिएको आयोजकले बताएको छ । कलाकारिता, सामाजिक, शैक्षिक र सांगितिक क्षेत्रका ३३ वटा विद्यामा अवार्ड वितरण गरिएको हो । आयोजक सोनितराज ढुङ्गेलका अनुसार कला क्षेत्रसँगै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएकाहरुलाई अवार्ड प्रदान गरिएको हो । ¥याडिसन होटलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । शैक्षिक, सामाजिक, होटल व्यवसाय, लगायतका विभिन्न विद्यामा प्रदान गरिएको अवार्डमा, बेस्ट सिङगर पपुलर चर्चित गायक प्रकाश सपुतलाई, बेस्ट प्रिन्सिपल दिवश शाक्यलाई, द बेस्ट कोभिड हिरो मनोज आचार्यलाई, द योङ एजुकेसन ह...