Saturday, November 21

मनोरन्जन

ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टको ५ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, गायिका सिन्धु मल्ल, गायक सिताराम पोखरेल, ईभेन्ट व्यवस्थापक डेविल सिंह राजपुत, लब बहादुर कार्की, टेकराज पाण्डे, राज लुईटेल, सोनित राज ढुङ्गेल, शान्ता कुमारी लामा र देवराज घिमिरे एकसाथ सम्मानित भएका छन् । ग्रेस ईभेन्टले आफ्नो ५ औं बार्षिक उत्सवको अवसर पारेर शुक्रबार राजधानीको एस आर बैङ्क्वेट धुम्बाराहीमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । ग्रेस ईभेन्टका अध्यक्ष शिशिर तण्डनले ५ वर्षको कार्यक्रम मनाउन पाउदा साहै खुसी लागेको बताए । उनले ५ बर्षको यात्रामा आफुलाई सहयोग गर्ने सल्लाह दिने सबैमा न्यानो माया समेत ब्यक्त गरे । साथै ‘कार्यक्रममा कार्यक्रम व्यवस्थापनको क्षेत्रमा लामो समय देखि सेवा दिने तथा सौन्दर्य क्षेत्रको माध्यमबाट देशको नाम बिदेशसम्म पुर्याउनेलाई सम्मान गर्न पाउँदा खुसी लागेको वताए । चलचित्र विकास बोर्डका ...
विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
मनोरन्जन, समाचार

विश्वकीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो । उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बता...
गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)
मनोरन्जन, समाचार

गीतकार बालक गुरुङको ‘बोली मिठो, मुस्कान मिठो'(भिडियोसहित)

गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । लोकप्रिय गायकद्वय राजेश पायल राई र सुनिता थेगिम लिम्वुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थीतिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा गीतको भिडियो सार्वजानिक गरिएको हो । यस युगल गीतका स्रष्टा गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृृथक शैलीमा प्रस्तुत गर्नुभएको छ । मौलिकपनको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन परेको प्रस्ताव राखी, लगनगाँठो ज...
सन्दिप भट्टराईको शव्द संगितमा निशानको स्वरमा ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सन्दिप भट्टराईको शव्द संगितमा निशानको स्वरमा ‘मलाई भुलिदिनु’ सार्वजनिक(भिडियो)

सन्दिप भट्टराईको ‘मलाई भुलिदिनु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक निशान भट्टराईको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडल पल शाहको अभिनय रहेको छ भने उनलाई मोडल उषा उप्रेतीले साथ दिएकी छिन् । सन्दिप भट्टराईको शब्द तथा संगीत रहेको गीतलाई प्रमोद परियारले एरेन्ज गरेका हुन् । सुब्रत आचार्यले भिडियोको निर्देशन गरेका हुन भने छायांकन उत्सव दाहालको छ । गीतकार समेत रहेका किरण माईकल घिमिरे कार्यकारी निर्माता रहेको भिडियोलाई विकास दाहालको सम्पादन गरेका छन । जया शर्माले क्रियटिभ निर्देशन गरेकि छिन् ।...
ग्रेस ईभेन्टद्वारा आयोजित ‘ग्रेस ट्यालेन्ट हन्ट’ दोस्रो संस्करण सम्पन्न
मनोरन्जन, समाचार

ग्रेस ईभेन्टद्वारा आयोजित ‘ग्रेस ट्यालेन्ट हन्ट’ दोस्रो संस्करण सम्पन्न

ग्रेस ईभेन्टद्वारा आयोजित ग्रेस ट्यालेन्ट हन्ट दोस्रो संस्करण सम्पन्न भएको छ । कोभिड १९ को विसम परिस्थितिलाई मध्यनजर गर्दै अनलाईनको माध्यमबाट प्रतियोगिता संचालन गरिएको थियो । असोज ४ गते अनलाईनकै माध्यमबाट फाईनल गरिएको ग्रेस हन्टको निर्णायक मन्डलमा ग्रेस इभेन्टका गुडविल एम्बेसडर दिपिका लामा, गायक राज बाबू नेपाल र नृत्य निर्देशक जिना लोप्चन हुनु हुन्थ्यो । ७४ जना सहभागी भएको प्रतियोगीताबाट प्रथम गौरब जोसि , रनरअप प्रसुन्ना भुजेल , भ्यूवर च्वाइस एलिना बि.क भएका थिए भने आस्वसन राई र रेस्मा कार्कि उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । ट्यालेन्ट हन्टमा भिउजको आधारमा मात्र नभई प्रतिभालाई पहिलो प्राथमिकता दिईएको कार्यक्रम संयोजक एवम ग्रेस ईभेन्टका मार्केटिङ म्यानेजर मिङमा शेर्पाले जानकारि दिनुभयो । ग्रेस ईभेन्टका प्रमुख अधिकृत अधिकृत सुरज थापाका अनुसार प्रतियोगिताबाट बिजयी एवम उत्कृष्ट ५ मा ...
‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा
मनोरन्जन, समाचार

‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधी राजु साह र निकिता चौहानको हातमा

काठमाडौँ — आश्विन ४, २०७८। पि प्रोडक्सनले एआर ईन्टरटेन्मेन्टको प्रस्तुतीमा सञ्चालन गरेको ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ मा सिराहका राजु साह र रामेछापकी निकिता चौहान विजयी भएका छन। विजेताले ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को उपाधि, म्युजिक भिडियो कन्ट्र्याक्टसहित अन्य विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। ‘मिस्टर प्यासेफिक २०२१’ का विजेता साहले विधागत तर्फको हेन्सम विथ पर्पस र बेस्ट वाकको उपाधीसमेत आफ्नो हातमा पारे त्यसैगरी ‘मिस प्यासेफिक २०२१’ की विजेता चौहानले विधागत तर्फको मिस एथ्लेटको उपाधी हात परिन। यस्तै ‘मिस्टर एण्ड मिस प्यासेफिक २०२१’ को एम्वासडरमा काभ्रेका मनदोज लामा र काँडाघारीकी बिनु थापा चयन भएका छन। गायक कमल खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल ईन्टरनेसनल वर्षा लेखी सहित अभिबिन्द खनिया, रोहित मल्ल र गोमा तिवारी निर्णायक रहेका थिए। ...
सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ (भिडियो)
मनोरन्जन, समाचार

सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ (भिडियो)

काठमाण्डौँ, असोज  । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म...
गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ । मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ । https://youtu.be/zr7GlDcsIT4 भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको र...
बाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’गीत (भिडियो)
मनोरन्जन, समाचार

बाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’गीत (भिडियो)

काठमाण्डौँ, भाद्र ३१ | ‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो । वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो । https://youtu.be/g835nu_In1g संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको र...
राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार
मनोरन्जन, समाचार

राज कुन्द्रा मामलामा १५ सय पृष्ठको चार्जशीट तयार

बलिउड अभिनेत्री शिल्पा शेट्टीकी पति राज कुन्द्राविरुद्ध मुम्बई प्रहरीले चार्जशीट फाइल गरेको हो । १५ सय पृष्ठको यो चार्जशीटमा ४३ साक्षीको नाम राखिएको छ । यो सूचीमा शिल्पा र शर्लिन चोपडाको नाम पनि छ । गत जुलाई १९ मा मुम्बईको स्पेशल क्राइम ब्राञ्चको टिमले शिल्पाको घरमा गहन सोधपुछ पछि उनका पति राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजमाथि अश्लील फिल्मको कारोबारसँग जोडिएको आरोप लगाएको छ । चार्जशीटमा यश ठाकुर उर्फ अरविन्द श्रीवास्तव र राज कुन्द्राको भाउजू प्रदीप बख्शीको पनि नाम छ । श्रीवास्तव सिंगापुर र प्रदीप लण्डनमा बस्छन् । शिल्पासँगको बयानमा उनले भाउजू प्रदीपलाई सबै घटनाको दोषी मानेकी थिइन् । यो मामलाको अनुसन्धानको समयमा राजको ल्यापटपबाट मुम्बई क्राइम ब्राञ्चले ६८ एडल्ट फिल्म भेटेको थियो । यसबाहेक राजले आइफोनबाट आफ्नो आई क्लाउड एकाउण्ट हटाएका थिए । तर ब्राञ्चले आइक्लाउडलाई रिकभर गरेको...