Friday, November 20

मनोरन्जन

सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)

दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर स्रोता/दर्शकमाझ आउनुभएको छ । उहाँको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतलाई सन्तोषले नै लेख्नु भएको हो भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । https://youtu.be/FjXpNozx6to अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत, सङ्गीत र अभिनय भने पछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ । सन्तोषले थुप्रै गीतमा स्वर पनि द...
निर्देशक खरेलको नयां चलचित्रमा संजित भण्डारी मुख्य नायक
मनोरन्जन, समाचार

निर्देशक खरेलको नयां चलचित्रमा संजित भण्डारी मुख्य नायक

चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र  पहिलो सातावाट  छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत  समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी ग...
गायक रमेश पाठकको ‘झल्को मात्रै आँखामा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रमेश पाठकको ‘झल्को मात्रै आँखामा’ सार्वजनिक(भिडियो)

काठ क्षेत्रमा घाँसे गीतको नामले पनि चिनिने मौलिक लयमा आधारित ‘झल्को मात्रै आँखामा’ बोलको असारे गीत जिनियस म्युजिक मार्फत सार्वजनिक भएको छ। यस गीतमा पुरु लम्सालको शब्द,सुशील सिंह ठकुरीको कम्पोज, नारायण दंगालको एरेन्ज अनी बहु प्रतिभशाली गायक रमेश पाठकको आवाज रहेको छ। https://www.youtube.com/watch?v=j5YJSQ9aDl4 गीतले परदेशीको मन धेरैनै छुनेछ । यस गीतमा नव मोडल शिला गजुरेल र कम्पोजर सुशील सिंह ठकुरीको उत्कृष्ट अभिनय देख्न सक्नु हुनेछ। यस गीतमा परदेशमा रहेर आफ्नो ठाउँ अनी आफ्नो परिवार सँग टाढा हुँदाको पिडा देखाइएको छ। यस भिडियोमा राज पोखरेल र नबिन बाबु गुरुङको छायान्कन अनी रोशन धितालको सम्पादन रहेको छ। भिडियोको निर्देशन पनि पुरु लम्सालले नै गरेका हुन्। यस गीतको एकदमै राम्रो प्रतिकृयाआइरहेको गायक रमेश पाठकले जानाकरी गराउनु भयो । यो गीतको सबैको मनमा बस्न सकोस् अझै सफलताको शुभकामना ब्यक...
अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या
मनोरन्जन, समाचार

अभिनेत्री जेनी कुँवरद्वारा आत्महत्या

अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । कुँवरले काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे आत्महत्या गरेकी हुन् । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेले कुँवरको शव अपार्टमेन्टमा भेटिएको जानकार दिएका छन् । प्रहरिले अहिले घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेको जनाइएको छ । प्रहरीले जेनीको मृत्युको कारण डिप्रेशन रहेको हुनसक्ने बताएको छ । कुँवरले ‘जिन्दगानी’, ‘मैदान’, ‘जीवनदाता’, ‘कानुन’, ‘अभिमन्यु’, ‘विन्तिपत्र’, ‘मलाई माफ गरिदेऊ’ लगायतका फिल्ममा अभिनय गरेकी छन् ।उनी फिल्म ‘घायल’ र ‘हलचल’ की निर्मात्री पनि हुन् ।...
बलिउड अभिनेता दिलीप कुमारको निधन
मनोरन्जन, समाचार

बलिउड अभिनेता दिलीप कुमारको निधन

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। उनले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो। व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए। उनको अभिनय रहका मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास, मुग़ल ए आज़म लगायत सफल चलचित्र हुन् । यसैबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले उनको निधनमा दुःख व्यक्त गर्दै भारतीय चलचित्र क्षेत्रलाई अपूरणीय क्षति भएक...
विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआरको ‘जन्मौ जन्म ‘’सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । https://youtu.be/H3BrFenfRCY ‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम...
माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । https://www.youtube.com/watch?v=2E63qV3bQno शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ । एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ ।...
चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’ सार्वजनिक (भिडियो)

चर्चित गायक खुमन अधिकारीको तीज गीत ‘अब होला केही’… सार्वजनिक भएको छ । गायिका शान्तिश्रीको समेत स्वरवद्ध उक्त गीतको भिडियोमा गायक अधिकारीको पनि अभिनय रहेको छ भने उनलाई मोडल अन्जली अधिकारीले साथ दिएकी छिन । प्रकाश पराजुलीको शव्द रहेको गीतको संगीत संकलन खुमन तथा प्रेमदेवी गिरीको रहेको छ । https://youtu.be/P4ooF9bJ-7Q ‘शिवदर्शन फिल्मस्’ युट्यूब च्यालनबाट सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमल्सिना ‘गुरुआमा’ले गरेकी हुन । करन चैसिरको छायांकनको रहेको भिडियोलाई नविन घर्ति मगरले कलर तथा सम्पादन गरेका छन । यो गीतमा गायक अधिकारी महादेवको रुपमा प्रस्तुत भएका छन् भने मोडल अन्जलीसंग नृत्य पनि गरेका छन्। खुमन अधिकारिको केहि दिन अगाडी मात्र मरिन्छ कि बोलको गीतमा स्वरसंगै अभिनय गरेका थिए। उक्त गीतले बजारमा दर्शकको राम्रो साथ पाएको थियो।...
रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

रेश्मा बोम्जन र प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”सार्वजनिक (भिडियो)

गायिका रेश्मा बमजन र गायक प्रदिप ग्लानको स्वरमा“मेरो एउटै चाहना”बोलको आधुनिक गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र सङ्गीत प्रदिप ग्लानको रहेको छ भने सङ्गीत एरेन्ज पुष्कर सुनुवारले गरेका छन् । https://www.youtube.com/watch?v=W1SHABrsvQE भिडियोको छायाङ्कन, निर्देशन तथा सम्पादन भबिन्द्र तामाङले गरेका हुन् । राजेन्द्र थापा र प्रिन्सेस कोईरालाको अभिनय रहेको भिडियो हाईलाईट्स नेपालको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।...
फेसियल हाउसको असार १५ को रोपाँई फोटो शुट
मनोरन्जन, समाचार

फेसियल हाउसको असार १५ को रोपाँई फोटो शुट

फेसियल हाउसले सौंन्दर्यलाई विशेष महत्व साथ हेर्ने र आफ्ना ग्राहकहरुलाई विभिन्न माध्याम वाट जानकारी दिदै आएको छ । यस्तै फेसन शो र फोटो शुटको माध्यम वाट पनि आफ्नो सौंन्दयलाई कसरी फिट राख्न सकीन्छ भन्ने हेर्न र बुझ्न सकिने फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुषमा महरा बताउछिन। यसै अन्तरगत फेसियल हाउसले असार १५ को अवसर पारेर माटो थिममा फोटो शुट गरेको छ । असारमा हुने रोपाँईलाई लोकेशन बनाएर गरीएको फोटो शुटमा मोडेलको रुपमा नायिका तथा मोडेल करुणा श्रेष्ठ रहेकी छन् । करुणा मिस कलेज २०११ को विजेता, एक्नेस नेपालका राजदूतको विजेता हुनुका साथै टिभी कार्यक्रम प्रस्तुतकर्ता समेत रहेकी छन् । केहि फिल्ममा अभिनय समेत गरीसकेकी करुणा निकट भविष्यमा आफै सम्मेलित भएर फिल्म निमार्णमा काम गर्न लागेको बताउँछन् । असार १५ को माटो थिमको फोटो ग्राफि चर्चित फोटो ग्राफर कुबेर डंगोलले गरेका छन् । ...