चौतारी समूहको पहलमा रञ्जिता फाउण्डेशनलाई आर्थिक सहयोग
काठमाडौं । रोजगारीका लागि होस वा व्यापार व्यबसायका लागि विदेशमा रहेका नेपालीहरुलाई सधैं देशको मायाले सताउने गर्छ । त्यसै कारण पनि आफुले परिश्रम र पसिना बगाएर आर्जन गरेका केही रकम नेपालमा विभिन्न सामाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका हुन्छन । प्रवासमा रहेका नेपालीहरुमा भातृत्व अझै जीवितै छ देशको माया प्रति सदा ऊर्जावान रहेका हुन्छन ।
नेपालमा वेला वेलामा आईपर्ने दैवी विपत्तीहरुमा जस्तो सुकै कठिन समयका बावजुद परदेशमा रहेर पनि आफनो माटो प्रति को स्नेह , मुलुक प्रतिको गहिरो माया र अट्टु सम्बन्ध राख्दै आउने नेपालीहरुमा पर्छ विष्णु तिवारी ।
आफ्नो समाजिक यात्रालाई थप टेवा पुग्ने मनसायले आफ्नो अभियान मार्फत आर्थिक , भौतिक , समाजिक रूपमा सहयोग गर्ने उद्देश्यका लागि रन्जिता फाउण्डेशनलाई दुई लाख चार हजार चार सय चौबीस रुपैया नगद प्रदान गर्नु भएको छ । चौतारी समूहका पदाधिकारी तथा अन्य समाजसेवी सदस्...










