भारतको प्रतिष्ठित दादा साहेब फाल्के टेलिभिजन अवार्ड राज लुईटेललाई
भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल (राज) सम्मानित भएका छन् ।
दुई दशकदेखि संचारक्षेत्रमा सक्रिय लुईटेलले नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष योग्दान गरेक कारण उक्त अर्वाडबाट सम्मान गरिएको भारतीय सञ्तचार माध्यमहरुले जनाएका छन् ।
फाल्के ईण्डियन टेलिभिजन अवार्ड भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डद्वारा लुईटेललाई सम्मान गरिएको हो ।
भारतको मुम्बईमा भएको सम्मान कार्यक्रममा पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजनअभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका थिए ।
...

