Friday, November 20

अफ्सान र शुष्मा फिचर्ड कुबेर तामाङ्गको निर्देशनमा गायक रक्की लामाको ‘जुन जस्तै’ सार्वजनिक

काठमाण्डौँ, कार्तिक ३० 
ग्यालेक्सी दैनिक

अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय रहेको जुन जस्तै बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

दुई प्रेमिल जोडीको प्रेमकथामा तयार पारीएको भिडियोलाई चर्चित फोटोग्राफर कुबेर तामङ्गले निर्देशनगरेका छन भने भिडियो निर्माण कृष्ण प्रजापतिको रहेको छ ।

भिडियोमा बिशाल थापाको छांयाकन, सनम मगरको सम्पादन तथा कलरिङ्ग, दिया रिजालको मेकअप रहेको छ भने प्रोडक्सन अभी श्रेष्ठको रहेको छ ।

गायक रक्की लामाको सुमधुर आवाजमा सजिएको यस् गीतमा बिक्रम तमाङगको संगीत, अरुणा सम्बाङपेको शब्द, बिशन मानन्धरको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ्ग भने योगेश काजीको रहेको छ ।

भिडियोलाई सबै दर्शक श्रोता, सञ्चारकर्मीहरुले हेरिदिन र सक्दो शेयर गरेर सहयोग गरिदिनु हुन्छ भन्ने कुरामा आशावादी रहेको कुरा टिमले बताए ।

भिडियोलाई गायक आरएल मोक्तान नामको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *