Friday, November 20

काठमाडौँ उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक बस चल्ने भएका छन् । सोमबार बसेको काठमाडौ उपत्यकाका प्रमुख  जिल्ला अधिकारीहरुको संयुक्त बैठकले मंगलबारदेखि सार्वजनिक बस चल्न दिने  निर्णय गरेको हो । 

काठमाडाै‌, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे उक्त बैठकले मंगलबारदेखि उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस जोर बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको हो । तर, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु गराउनु पर्ने अनिवार्य गरिएकाे छ ।

अघिल्लाे सातादेखि जोरबिजोर प्रणालीको आधारमा नीजि सवारी साधन सञ्चालन अनुमति दिएकाे स्थानीय प्रशासनले अब सार्वजनिक यातायातलाई पनि खुकुलाे बनाउँदै लैजाने रणनीति लिएका हुन् । 

कोरोनाभाइरस संक्रमणकाे जोखिम कम भइनसकेकाले  अझै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय उक्त बैठकले गरेकाे छ । पछिल्लाे पटक थपिएकाे निषेधाज्ञा शुक्रबार रातिदेखि सकिँदै गर्दा फेरि एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *