काठमाण्डौँ, असार ३2
ग्यालेक्सी दैनिक
यस पालिको महङगीले तीज मान्न गार्हो भो । भांडा बढेर माइत जान गार्हो भयो । साडी लाउन सकिएन । यस्तै यस्तै दुखेसो बोकेको यसपालीको तीजको पहिलो गीत सार्वजनिक भएको छ ।
मुल्य ब्रिद्धी घटाऊन पर्यो भन्ने सन्देश दिन खोजिएको भिडियोलाई दिपक प्रसाद आचार्यले निर्देशन गरेका छ्न ।
जेनिसा गौतमको स्वरले सजिएको तीज गीतको भिडियोमा स्मारिका र समारिका ढकाल बिनु अधिकारी र् रश्मी पाण्डेलाई फिचर्ड गरिएको छ । बाल कलाकारमा काब्या बास्कोटा र क्रिलभा बास्कोटालाई फिचर्ड गरिएको छ ।
अशोक गुरुङको शब्द, सुबाश भुसालको संगीत उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट र कुमार के सि को मिक्सिङ मास्टरिङ्गमा प्रस्तुत गीतलाई तयार पारिएको छ ।
भिडियोमा पवन सुस्लिङ्को छांयाकन, बिशाल सुस्लिङ र बाल कुमार राईको सहायक छांयाकन र पवन सुस्लिङको सम्पादन र कलरिङ्ग तथा सुरेन्द्र बसेलको कोरियोग्राफीमा तयार पारीएको भिडियोलाई ज्यास्मिन इन्टरटेन्टमेन्ट को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
