Friday, November 20

पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमित फेला

केही दिनयता फेरि कोरोनाभाइरस संक्रमणको संख्या बढ्न थालेको छ । जारी निषेधाज्ञालाई खुकुला बनाउन थालिएपछि फेरि कोरोना संक्रमितको संख्या बढेको विवरण सार्वजनिक हुन थालेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ८९२ नयाँ संक्रमित फेला परेको जानकारी दिएको छ ।अघिल्लो दिन मंगलबारको तुलनामा बुधबार २५६ जना बढी कोरोना संक्रमित फेला परेका हुन् । मंगलबार मंगलबार २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सोमबारको तुलनामा मंगलबार १९२ जना बढी कोरोना संक्रमितको विवरण मन्त्रालयले सार्वजनिक गरेको थियो । मन्त्रालयकाअनुसार सोमबार २ हजार ४४४ जना कोरोना संक्रमण पुष्टि भएको थियो । 

आइतबारको तुलनामा सोमबार ५२४ जना बढी कोरोना पोजेटिभ फेला परेका हुन् । आइतबार १ हजार ९२० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

चालु हप्ताको चौथो दिन बुुधबार फेला परेको संक्रमितको संख्या हप्ताको पहिलो दिन आइतबारको तुलना ९७२ बढी हो । यो विवरणले दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको पुष्टि हुन्छ । अहिले नेपालमा कोरोना संक्रमणको दर २६ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *