Friday, November 20

राजु मास्टर र बल्छी ध्रुबेलाई बैशको गोली हान्दै अनिता मास्टर्नी र सविना

काठमाण्डौ, फागुन २ 
ग्यालेक्सी दैनिक
हालै सार्वजनिक गीत ‘वैंशको गोली’को भिडियोमा राजु पौडेल (राजु मास्टर), अनिता बस्नेत (मास्टर्नी), मरिचामान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यको जोडीको दमदार न्रुत्य, अभिनय तथा कमेस्ट्री देख्न सकिन्छ

हास्य कलाकार अनिता बस्नेतको आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्द/संगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको एरेञ्ज गरेका हुन, गीतमा टिका प्रशाई र हरी गिरी विमर्शीको स्वर छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन तयार पारिएको म्युजिक भिडियोमा उत्तम हुमागाईंको छाँयाकन, नविन निरौलाको सम्पादन र कलर करेक्सन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *