Friday, November 20

स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको अन्तिम गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक

काठमाण्डौँ, मंसिर २७ 
ग्यालेक्सी दैनिक

गायिका लक्ष्मी खरेलको स्वर रहेको गीत ‘उसँग म सुहाउछु रे’ सार्वजनिक भएको छ ।

डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा मदन दिपविमको संगीत र विनोद कुमार भुजेलको संगीत संयोजना छ । स्वर्गीय संगीतकार दिपविमको संगीत रहेको यो अन्तिम गीत हो ।

गीतको आकर्षक म्युजिक भिडियो पनि बनेको छ । भिडियोमा उषा उप्रेती र प्रशिस गौतमको अभिनय देख्न सकिन्छ ।

भिडियोमा उषा र प्रशिसको रोमान्टिक प्रेमकथा देखाउन खोजिएको छ ।

विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

प्रविन घिमिरे सह–निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायांकन शिलन लम्सालको सम्पादन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *