Friday, November 20

अमेरिकामा ‘थेत्लङ’ को सफलतापुर्वक प्रदर्शन

काठमाण्डौँ, मङ्सिर १
ग्यालेक्सी दैनिक
अहिलेसम्म सिक्किमको सबै स्थान काठमाण्डौँ, पाँचथर, ईलाम, धरानमा सफल प्रदर्शन भईसकेको लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्क स्थित ज्याक्सनहाईटको ग्याल्सुङ्दो हलमा सोमबार उल्लेखनिय दर्शकहरुको बीचमा सफलतापुर्वक बिशेष शो प्रदर्शन सम्पन्न भएको छ ।
सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई यस चलचित्रका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा संवाद तयार गरेका हुन ।

ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ । चलचित्रलाई दर्शकहरुले रुचाइएको कारण ‘थेत्लङ’ निर्देशक किशोर सुब्बाका अनुसार क्रमशः अब क्यालिफोर्निया, टेक्सास, ओहायु लगायत क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, वेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।

चलचित्र गत नोभेम्वर ५ गोरु तिहारको दिन दुवई, वर्दुवई स्थित मेजमान रेस्टुरेन्टको सभाहलमा भव्य प्रदर्शन भएर त्यहाँ पनि प्रसंशा पाउँन सफल यस चलचित्रले नोभेम्बर १४ तारिक आईतवार २०२१ मा न्युयोर्क स्थित ज्याक्सन हाइट को ग्याल्सुङ्दो हलको प्रदर्शन पनि अत्याधिक सफलतापुर्व सम्पन्न भएको निर्देशक सुब्बाले जानकारी गराए ।

चलचित्रमा बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *