सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाले बढेको सूनको मूल्य आइतबार र सोमबार पनि स्थिर नै रहेको हो ।
शुक्रबार र आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको थियो । आज चाँदीको मूल्यमा तोलाको १२ सय १० रुपैयामा कारोबार भइरहेको छ ।
