Friday, November 20

आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ सार्वजनिक

काठमाण्डौँ, असार २५
ग्यालेक्सी दैनिक
आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

किरण गजमेरको स्वरले सजिएको गीतमा सन्च मान राईको शब्द रचना र विश्वास गुरुङको संगीत रहेको छ ।

बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो ।

उनै आदिकवि आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के के पाए भन्ने बिषयवस्तुको कथामा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् ।

उत्सव दाहालले छांयाकन गरेको भिडियोलाई प्रकाश दाहालले निर्देशन गरेका हुन् ।

भिडियोमा केशव राज भट्टको कोरियाग्राफी रहेको छ ।

भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *