Friday, November 20

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।

एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्‍निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ।

भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *