पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘बेल बटम’ को निकै चर्चा छ । रञ्जित तिवारीले निर्देशन गरेको फिल्म ‘बेल बटम’ को हालै सार्वजनिक भएको ट्रेलर पनि दर्शकले निकै रुचाएका छन् ।
यस फिल्ममा अभिनेत्री लारा दत्ता भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन् । ट्रेलरमा लारा इन्दिरा गान्धी जस्तै देखिएकी छिन् । लारा इन्दिरा गान्धी जस्तो देखिन दिनहुँ तीन घन्टासम्म मेकअप गर्नुपर्थ्यो ।
यस फिल्ममा अक्षयकुमार एक जासुसको भुमिकामा देखिएका छन् । फिल्ममा अक्षयसँगै वाणी कपुर, हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।
