Friday, November 20

‘एक्का ट्रायल’ सार्वजनिक

काठमाण्डौं, चैत्र १३
ग्यालेक्सी दैनिक

भक्तराज आचार्यले गाउनु भएको ‘जतिचोट दिन्छौ देउ मायालु’ का चर्चित गीतकार सुवाश चन्द्र ढुङगेलको शब्द रचनामा ‘एक्का टायल’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भिडियो सार्वजनिक कार्यक्रमका अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का रहनु भएको थियो ।

गीतमा राजन राज सिवकोती र रचन रिमालको स्वर तथा गायक तथा संगीतकार सिवाकोटिकै संगीत रहेको छ ।

रबिन्द्र खड्काकै निर्देशन रहेको भिडियोमा वरिष्ठ न्रित्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ ।

भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगयातको अभिनय रहेको छ ।

भिडियोमा ब्यवस्थापनको जिम्मा राजेश महर्जन, छायांकन शिव तथा ढकाल तथा सम्पादन बनिस शाहको रहेको छ ।

भिडियो वरिष्ठ गीतकार सुवाश चन्द्र ढुङेलको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *