नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन छलफल भइरहेको छ ।
कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा सहमतिको मस्यौदामा छलफलमा जुटिरहेका छन् ।
बैठकबाट मस्यौदामा दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिने गृहकार्य भइरहेको जानकारी जानकारी आएको छ।
कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने र आजै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी आएको छ। पार्टीको एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने छ।
एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सकेको छैन ।
