Friday, November 20

कृयाशीलको निशुल्क अभिनय, नृत्य तालिम तथा सम्मान कार्यक्रममा ‘अँध्यारो उज्यालो’ नाटक मञ्चन

काठमाण्डौ, पौष २१
ग्यालेक्सी दैनिक
एक महिने निशुल्क अभिनय तथा नृत्य तालिम समापन तथा सम्मान कार्यक्रम सम्पन्न
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा कृयाशील होचा पुड्का महिला संघको आयोजनामा भएको एक महिने निशुल्क अभिनय तथा नृत्य तालिमको समापन तथा सम्मान-पत्र, कदर-पत्र तथा प्रमाण पत्र वितरण कार्यक्रम २०७८ र नाटक अँध्यारो उज्यालो मञ्चन सभ्य तथा भव्य रुपमा सम्पन्न गरिएको छ ।

वरिष्ठ रंगकर्मी, कलाकार प्रभाकर शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संघकी अध्यक्ष सुन्दरी मिश्र, अभिनय तथा नृत्य प्रशिक्षक, रंगकर्मी, लेखक तथा निर्देशक प्रल्हाद खरेल तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

शैली थियटरमा सम्पन्न उक्त कार्यक्रममा रंगकर्मी, कलाकार, समाजसेवी लगायत विभिन्न उच्च कोटिका व्यक्तित्वहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो भने तालिम लिएका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सभापति रहेकी संघकी अध्यक्ष सुन्दरी मिश्रले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि वरिष्ठ रंगकर्मी, कलाकार प्रभाकर शर्माले रंगकर्मी कलाकार भनेको समाजको ऐना हो, समाज र देश परिवर्तनको सुचक हो भन्नु भएको थियो ।

कार्यक्रमलाई अँध्यारो उज्यालो नाटक प्रदर्शन गरी समापन गरिएको थियो भने नाटकको लेखन तथा निर्देशन निर्देशक खरेलकै रहेको छ । नाटकमा अभिनाय तथा नृत्य तालिम लिएका प्रशिक्षार्थीहरु लगायतको दमदार अभिनय रहेको थियो । नाटक अहिले समाजमा मान्छेको कद रुपरंगलाई लिएर आएका विभिन्न सामाजिक समस्याहरुको कथावस्तु समेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *