Friday, November 20

कोपा अमेरिका : ब्राजिल र पेरु सेमिफाइनलमा

शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले चिलीलाई १–० गोलले पराजित गरेको हो । 

उक्त खेलको पहिलो हाफभरी दुवै टिमबाट कुनै गोल हुन सकेन । उक्त खेलमा ब्राजिलका लुकास पाक्केटाले गरेको गोल नै निर्णायक बन्यो । उनले दोस्रो हाफको पहिलो मिनेटमा नै गोल गरे । 

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँएपछि मैदान बाहिर गएका थिए । ब्राजिल १० खेलाडीमा सिमित भएपनि चिलीले गोल गर्न सकेन । जितसँगै ब्राजिल सेमिफाइनलमा प्रबेश गरेको छ । 

अब ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको अर्को खेलमा पेरुले जित निकालेको छ ।  पेरुले पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित भएको हो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *