Friday, November 20

कोपा अमेरिका : मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित

मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । 

निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो । उक्त खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शन रहेको थियो । उनले उक्त खेलमा अर्जेन्टिनाका लागि दुई गोल गरे ।

खेलको छैटौं मिनेटमा अर्जेन्टिनाका अलेजान्ड्रो गोमेजले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ३१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो । पेनाल्टीमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४२ औं मिनेटमा मेस्सीले नै गोल गरे । 

त्यसपछि खेलको ६० औं मिनेटमा बोलिभियाका साभेड्राले गोल गरे । त्यसपछि खेलको ६७ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । जितसँगै समुह ए मा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरसँग खेल्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *