Friday, November 20

कोरोनाले एकै दिन १३ जनाको मृत्यु

 पछिल्लो समय नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । सोमबार एकै दिन १३ जनाको मृत्यु भएको छ । केही समययता एकै दिन कोरोनाबाट यति धेरै मृत्यु भएको यो पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । यसअघि दैनिक तीन–चार जना सङ्क्रमितको मात्र मृत्यु हुने गथ्र्यो भने कहिलेकाहीँ मृत्यु शून्य हुने गरेको थियो ।

यसअघि कात्तिकमा २० जना सङ्क्रमितको एकै दिन मृत्यु भएको थियो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५३ जना पुगेको छ । आइतबार एक कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । गत जेठबाट कोरोना सङ्क्रमितको मृत्यु हुन थालेको हो । सिन्धुपाल्चोककी सुत्केरी महिलाको धुलिखेल अस्पतालमा पहिलो पटक मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *