Friday, November 20

कोरोनाविरुद्धको खोप लिन निगमको जहाज आज बेइजिङ जाँदै

नेपाल एयरलाइन्सको जहाज आज चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले सहयोग स्वरुप दिने कोरोनाभाइरसविरुद्धको खोप लिन जहाज त्यसतर्फ बेइजिङ जाने भएको हो ।

चीन सरकारले दिने १० लाख डोज कोरोनाभाइरसविरुद्धको खोप मध्ये ८ लाख डोज लिन जहाज बेइजिङ उड्न लागेको हो। जहाज आज राती ११ बजे काठमाडौंबाट बेइजिङतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

खोप लिएर जहाज मंगलबार बिहान काठमाडौं तर्फ उड्नेछ । बाकीँ २ लाख डोज कोरोना खोप तातोपानी नाका हुँदै आउनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *