चर्चित गायक शम्भु राईको नयाँ म्युजिक भिडिओ ‘सानु’ सार्वजनिक गरिएको छ ।
सानुमा गायक शम्भुलाई स्वरमा गायिक मेलिना राईले साथ दिएकी छन् । गायक शम्भुकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडिओलाई समन अधिकारीले निर्देशन गरेका थिए ।
पल शाह र निराञ्जली लामाको अभिनय रहेको रहेको छ । ‘एनी हौ आँखैमा झलझली’जस्ता चर्चित गीत सार्वजनिक गरेका गायक शम्भुका गीतलाई दर्शक र स्रोताले निकै मन पराउने गरेका छन् ।
