पाल्पामा घरको गारो भत्किँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन ५ कैलाशनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेकी छिन् ।
उनको घरको पछाडिको गारो भत्किँदा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँएर च्यापिदा नैना गम्भिर घाइते भएकी थिइन् ।
नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल लगिएपनि मृत्यु भएको जनाइएको छ ।
