Friday, November 20

चीनबाट ८ लाख डोज खोप आइपुग्यो

सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ल्याएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ।​

चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो।

निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप ल्याइएसँगै अर्को हप्तादेखि लगाउन शुरु गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *