तनहुँमा पहिरोमा परेर २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बन्दीपुर गाउँपालिका–३ तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेल रहेका छन् ।
घर माथिबाट खसेको पहिरोले २ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा रहेका छन् । पहिरोका कारण चार घर जोखिममा परेका छन् । घटनास्थल जाने बाटोहरु पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
