जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ ।
पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की छन् ।
त्यस्तै चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् ।