गत २४ घण्टामा नेपालमा १४ हजार ४४३ जनाको परीक्षण गर्दा १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५८९ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १७७ परीक्षण गर्दा ३८२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ ।