दुखी र उपचार विहिनका सारथी बन्दै कृष्ण परियार - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

दुखी र उपचार विहिनका सारथी बन्दै कृष्ण परियार


काठमाडौ – लामो समयदेखि देशका विभिन्न भागमा रहेका दुखि ,गरिब निमुखा र पिडामा परेकाहरु तथा सहयोगको आवश्यकता परेकाहरुका लागी अहोरात्र खटिने व्यक्ति हुन कृष्ण परियार । सानै उमेरदेखि सहयोगी भावना भएका कृष्ण अहिले २३ बर्सको भए । हाल उनि टुकी नेपाल भन्ने संस्थामा आवद्ध भएर आफुले गरेका सामाजिक कार्यको भिडियोलाई सार्वजनिक गरि दुखी गरीबको घाउमा मल्हम लगाएको प्रष्ट देख्न सकिन्छ ।
२०७३ साल देखि नै परियारले मिडिया क्षेत्रमा राम्रो योगदान दिएका थिए । रडियो बाट सुरु गरेका पत्रकारिता बाट धेरै काम गरे पछि आफ्नै युटुयूब च्यानल मार्फत पिडित व्यक्तिहरुलाई सहयोग गरेको भिडियो प्रसारण गरेको देखिन्छ । बालापन निकै दुख र कष्ट मा बितेको कृष्णको जिन्दगि उनी अझै सम्झिन्छन ।
आफु निकै गरिबीमा हुर्केका र ३ दाजु भाई मध्ये कान्छो छोरा भएका कारण घरायसी समस्यका बावजुद सामाजिक कार्यमा उत्साहित हुदै उपचारबाट वंचित दुखी गरिवलाई युट्यूबको माध्यमबाट आएका सहयोग प्रत्यक्ष पिडितलाई पुर्याउदै सहयोग गर्दै आएका छन ।

बेघर भएका लाई सहयोग गर्ने , बिरामीलाई निशूल्क उपचार गर्ने र सबै दुख पाएकाहरुलाई सहयोगी भावना राखी उनले सहयोग गर्दै आएका छन । आफुले दुख गरेरै कमाएका सम्पूर्ण आम्दानी समाजसेवामा खर्चदै आएका परियार निकै दयालु स्वभावका कारण सवै दुखीहरुको मन मुटुमा बस्न सफल भएका छन । परियारले नेपालका थुप्रै जिल्लामा पुगेर सहयोग गर्दै आएका छन । आफु बाचुन्जेल समाजसेवामा सक्रिय रहने आफ्नो उद्देश्य रहेको बताउने परियार कसैलाई आफुले सहयोग गर्न पाउदा जिन्दगीकै सुखद क्षणको अनुभुती हुने बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *