धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

धनुषामा ससुरा र बुहारीको शव फेला, छोरा पक्राउ


धनुषाको मिथिला बिहारी नगरपालिकामा एकै घरका ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ स्थित ललियामा ५५ वर्षीय रामवृक्ष मण्डल र २१ वर्षीया अम्बिका मण्डलको शव फेला परेसँगै हत्या आशङ्कामा प्रहरीले मृतकका छोरा तथा पति ३० वर्षीय भागेश्वर मण्डललाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरबाट रामवृक्ष र बुहारी अम्बिका एकै पटक बेपत्ता भएको स्थानियले बताएपछि खोजतलास गर्दा शव भेटिएको थियो ।

हत्या गरेको आशङ्कामा पक्राउ परेका भागेश्वर मण्डलमाथि थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *