काठमाण्डौ, फागुन १०
ग्यालेक्सी दैनिक
होली पर्व नजिकिदै गर्दा सबैमा एउटा उल्लाष र हर्ष आईसकेको छ । प्रेम सदभाव र भाईइचारा बीच मनाइने महान पर्व होली नजिकिदै गर्दा यससंग सम्बन्धीत गीत तथा म्युजिक भिडियो हरु निर्माण तथा रिलिज गर्ने क्रम बढ्न थालेको छ ।
यसै क्रममा नेपाली तथा मैथिली भाषा सङ्गीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र चर्चित गायिका ज्योती विश्वकर्माको सुमधुर स्वरमा सजिएको मैथिली–नेपाली सङ्गीतको समिश्रणमा ‘प्रेमक पिचकारी’ बोल रहेको होली गीत सार्वजनिक भएको छ ।
गीतमा मैथिली भाषा–सङ्गीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द तथा भुपेन्द्र रायमाझीको संगीत रहेको छ ।
नेपाली चलचित्र जगतका वरिष्ठ न्रित्य निर्देशक कमल राईको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको भिडियोमा चर्चित अभिनेत्री तथा मोडेल अञ्जली अधिकारी र लोकप्रिय मोडल सुधीर श्रेष्ठको अभिनय, रोमान्स र न्रित्य देख्न सकिन्छ ।
विद्यानन्द वेदर्दीको प्रस्तुति र सफल मोसन पिक्चरको पोस्ट प्रोडक्शनमा बनेको भिडियोको छांयाकन शिव ढकालले गरेका हुने भने सम्पादन, कलरिङ्ग र पोस्टर डिजाइन विष्णु खड्काले गरेका हुने ।
यस प्रेम–गीति भिडियोले होलीको मुल मर्म अनुसार आपसी एकताको सन्देश दिने प्रयास गरिएको गायक नितिन गजुरेल र टिमले बता एका छन भने सम्पूर्ण दर्शक श्रोतालाई भिडियो हेरिदिन पनि हृदयदेखि आग्रह गरेका छन ।
गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो ।
ओएसआर डिजिटलको अफिसियल युट्यूब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
