Friday, November 20

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । 

शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहदा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्। 

ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतको लागि संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन् ।

 आज बिहान ११ बजे स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक ३ बजे  संसद भवन बानेश्वरमा बस्नेछ । सोमबार राति वक्तव्य जारी गर्दै  अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने षड्‍यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन अपिल गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *