Friday, November 20

नेपाललाई खोप उपलब्ध गराउन आफ्ना विदेशमन्त्रीलाई बेलायतका १६ सांसदको दबाब पत्र

बेलायतका १६ जना सांसदहरुले नेपाललाई तत्काल कोरोनाभाइरसविरुद्धका खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन आफ्नो विदेशमन्त्रीलाई पत्र लेखेर दबाब दिएका छन् । 

पछिल्लो समय बेलायतको संसदमा नेपाललाई बेलायतले आवश्यकमात्रामा सहयोग नगरेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका थिए । 

तर, अहिले बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेर तत्काल नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन दबाब दिएका हुन् । 

सो पत्रमा नेपाललाई तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन भनिएको छ । 

उनीहरुले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई उपलब्ध गराउन विदेशमन्त्री डोमिनिकलाई भनेका हुन् । 

नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको स्मरण गराउँदै संसद बैठकमा उनीहरुले कोरोना संक्रमणका कारण कठिन अवस्थामा रहेको नेपाललाई बेलायत सक्दो सहयोग गर्नुपर्ने भन्दै सरकारमाथि दबाब दिँदै आएका थिए । 

UK vacccin 1.jpg
UK vaccin 2.jpg
UK vaccin 3.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *