विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।
निकै रोमान्चक बनेको उक्त खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो ।
कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको उक्त खेलको चौथो मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठ गोल गरी नेपाललाई जित दिलाए ।
नवयुग श्रेष्ठ खेलको ६९ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यसअघि पनि नेपालले उसकै घरेलु मैदानमा हराएको थियो ।
जितसँगै नेपालको ६ अङ्क छ । अब नेपालले आउँदो सोमवार जोर्डनसँग र २८ गते अष्ट्रेलियासँग खेल्दैछ ।
