Friday, November 20

नेपाल भाषा कक्षाको निरन्तरताको खांचो छ: प्रा डा चन्द्रमान बज्राचार्य

काठमाण्डौँ, साउन १
ग्यालेक्सी दैनिक
गत साल कोरोना भाइरस (कोभिड—१९)को महामारी कारण नमनाइएको गुरु पुर्णिमा यस बर्ष भने रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले हर्षोल्लासका साथ मनाएका छ्न।

काठमाडौकै केन्द्र मानिने आर आर क्याम्पसमा एम.ए. तह नेपाल भाषा बिषयका पढ्ने विद्यार्थीहरू र बि. ए. तहका विद्यार्थीहरुको समेत सहभागीतामा गत बुधबार आर आर क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आर. आर. क्याम्पसका क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले गुरुपुर्णिमा कार्यक्रम गरिएकोमा आयोजक विद्यार्थी समूहलाई धन्यवाद दिदै यस्ता कार्यको निरन्तर हुनेमा आशा राख्नु हुदै नेपाल भाषाको एम. ए. लेभल अध्यापनको सफलताका लागि पहलकदमी बिद्यार्थी, शिक्षक, कामनपा लगायत सबैलाई बधाई दिँदै आउँदा दिनमा यस्को सबलताका लागि क्याम्पसबाट सकेको पहल हुने कुरा धारणा राख्नु भएको थिए।

नेपाल भाषा एम.ए. अध्ययनरत बिप्लवी बज्राचार्यले कार्यक्रममा उद्घोषकको जिम्मा निर्वाह गरेको कार्यक्रममा बिभागिय प्रमुख विष्णु प्रसाद ज्ञवाली, प्रा. डा. चन्द्रमान बज्राचार्य, मदन सेन बज्राचार्य, दीपा महर्जन, सुनिता राजभण्डारी र दिपना शर्मा लगायतका गुरुबा गुरु आमाहरुलाई नेवाः परम्परा अनुसार दहि, माछा अण्डा सगुन दिएर सम्मान गरिएको थियो। कार्यक्रममा नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्रचार्यले नेपाल भाषाका विद्यार्थीहरु बाट नेवाः परम्परा संस्कार अनुसार कार्यक्रमको आयोजना गरिएकोमा खुशी व्यक्त गर्नु हुदै नेवाः विद्यार्थि युनियनको अथक प्रयासबाट एम.ए. तथा बि.ए. तहमा नेपाल भाषा पुनः कक्षा सञ्चालन भएको र यस्ता राम्रा प्रयासको निरन्तरता खाचो रहेकोमा जोड दिनु भयो।

एम.ए. नेपाल भाषा अध्ययनरत गायक संगीतकार एवम् प्रविण शाही गुरुआमाहरु सुनिता राजभण्डारी र दीपा महर्जनले समेत गीत संगीत पनि प्रस्तुत गरिएको कार्यक्रममा बिध्यार्थी कृता बज्राचार्यले कविता वाचन गरेको थियो भने स्वागत मन्तव्य सृष्टि खड्गीले दिएका थिए। बि.ए. प्रथम बर्षमा अध्ययनरत चन्ता मुनिकारले नेपाल भाषा पढिरहदाको भोगाई र अनुभव सबै सामु बाडेका थिए।

कार्यक्रममा नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्यले “गुरु पुर्णिमा मनाउनु भनेको विद्यार्थीहरुको लागि मात्र नभई गुरुहरुको लागि पनि सौभाग्य हो। आफ्ना विद्यार्थीलाई आफू जतिको सके आफूभन्दा पनि बढी सक्षम बनाउन काम गुरुको रहेको र यो चुनौतीका लागि सबै गुरुहरु तयार हुनुपर्ने” बताउँदै परापुर्वकाको जस्तो गुरु शिष्य परम्परा हाल नरहे पनि यस्को आवश्यक भने रहेको बताउनु भयो।

कार्यक्रमका सभापति शंकर थापाले ‘नेपालभाषाको महत्व नेवा:लाई मात्र नभैइ नेपालको पूरा ईतिहास जान्न चाहनेहरुको लागि धेरै रहेको औल्याउँदै क्याम्पस प्रशासनको तर्फबाट नेपाल भाषा बि.ए तथा एम.ए तहको पढाइ बारे प्रचारप्रसार गरि विद्यार्थी भर्ना बढाउनमा क्याम्पस प्रशासन लगायत विभिन्न संघ संस्थाले विशेष पहल गर्नुपर्नेमा जोड दिएर कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *