काठमाण्डौ, असार २९
ग्यालेक्सी दैनिक
प्रज्ञा फिल्मसको ब्यानरमा बनेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ ।
प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत टेलिचलचित्र माया सार्वजनिक भएको हो।
आज भोली सामान्यतया हास्यव्यङ्गय र मनोरञ्जनमा आधारित सिरियल धेरै नै बन्ने गरेका छन् । तर सामाजिक यथार्थलाई चित्रण गरेको टेलिचलचित्र कमै निर्माण हुन्छ ।
यस्तै सामाजिक यथार्थ बोकेको टेलिचलचित्र मध्यकै एक टेलिचलचित्र ‘माया’ हो । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। मायामा जातिय विभेद अन्त्य हुनुपर्छ भन्ने मुल सन्देश दिन खोजिएको छ ।
सिरियलमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ।
जोन चाम्लिङ राइको छायाकंन र सम्पादन रहेको सिरियल माया को निर्माता प्रज्ञा जोशी हुन भने मेकअप प्रीया नगरकोटीको रहेको छ ।
सिनेमाहब प्रोडक्सन तथा उत्तर सिरियलको पोष्ट प्रोडक्सनमा बनेको यस टे लि चलचित्रमा सरोज दाहालको लेखन तथा निर्देशन रहेको छ ।
