Friday, November 20

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । 

ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको खनालकाे सचिवालयले जनाएकाे छ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको नर्भिक अस्पतालमा नै उपचार भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट फर्केका उनी घरमै आराम गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *