Friday, November 20

पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा बेल्जियमले सानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा बेल्जियम साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्यो । यसअघिका खेलमा बेल्जियमलाई पराजित गरेको पोर्चुगलले गए रातिको खेलमा जित निकाल्न कठिन भयो ।

बेल्जियमको डिफेन्स निकै बलियो भएको कारण पोर्चुगलले गोल गर्ने मौका पाएन । खेलको पहिलो हाफमा नै बेल्जियमका थोर्गन हाजार्डले गोल गरे । पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहार पोर्चुगलका गोलकिपरले समात्न सकेनन् । 

२५ औं मिनेटमा रोनाल्डोले गरेको प्रहार पनि गोलमा परिणत हुन सकेन । ५४ औं मिनेटमा पनि रोनाल्डोले प्रहार गरेको बल डिफेन्डर थोमस भर्मालेनले रोके । जितसँगै बेल्जियम युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *