Friday, November 20

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

 प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि आज पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । 

बैठक आज दिउँसो ४ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै आज बस्ने बैठकको कार्यसूची बारे जानकारी गराएका छन् । 

आजको कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वानबारे राष्ट्रपति कार्यालयको पत्र, सरकार गठन र मन्त्रिपरिषद् विस्तारबारेको पत्र पढेर सुनाउने र केही शोक प्रस्ताव पारित गर्ने रहेको छ । 

यस्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची पनि रहेको छ । 

गत मंगलबार प्रधानमन्त्री मा नियुक्त भएका शेरबहादुर देउवाले  साउन २९ भित्र संसदको चालु अधिवेशनमै विश्वासको मतसमेत लिनुपर्ने हुन्छ । 

karya.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *