काठमाण्डौ, फाल्गुन २९
ग्यालेक्सी दैनिक
फिल्म ‘परस्त्री’को शुभ मुहूर्त गरिएको छ ।
आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा एक कार्यक्रमकाबीच फिल्मको मुर्हूत गरिएको हो ।
सुरज पाण्डेको डेब्यू निर्देशन रहने फिल्मको मुहूर्तसँगै छायांकन समेत सुरु भएको छ ।
फिल्मको छायांकन गीतबाट गरिने भएको छ । जसका लागि निर्माण युनिट आजै मुस्ताङ हिँडेको छ ।
फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले सवैभन्दा पहिले आफुहरु गीतको छायांकन गर्ने अनि मात्रै फिल्म खिच्ने कुरा कार्यक्रममा जानकारी गराए ।
मुस्ताङमा १० दिनसम्म गीतको छायांकन हुने उनको भनाई रहेको छ ।
