Friday, November 20

फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो । 

मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *