बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ - ग्यालेक्सी दैनिक
आइतवार, जेष्ठ १४, २०८०

बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ


१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एकजना वडा सचिवलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यनाका अनुसार यही असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको आरोपमा कालाथोकीलाई पक्राउ गरिएको हो । तर, युवतीले भने २४ गते मात्र परिवारलाई जानकारी गराएकी थिइन् ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *