काठमाण्डौ, मंसिर १९
ग्यालेक्सी दैनिक
बेसीगांउ नेवा: महिला समुह गोकर्णेश्वर ८ को शैक्षिक भ्रमण अध्य्यन तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
मंसिर १० गतेबाट नेपालका विभिन्न प्रमुख ठांउहरु सिन्धुलीगढी, बुढासुब्बा, भेडेटार, दन्तकाली, पिण्डेश्वर, बराह क्षेत्र, जनकपुरधाम लगायतमा ४ दिने उक्त भ्रमण सम्पन्न गरी महिला समुह काठमाण्डौ फर्किएको छ ।
समुहका अध्यक्ष सिम्रन श्रेष्ठ, बेसी गाँउ नेवा: समुहका सुजाता श्रेष्ठ, नेवा मिसा: दुवे धनकुटा तथा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा भएको समापन कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा मायाको चिनो पनि वितरण गरिएको थियो ।
कार्यक्रममा समुहका महिलाले नै बनाएको हस्तकला निर्माण सामाग्रीहरुको प्रदर्शन अवलोकन पनि गरिएको थियो ।
