भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४२ हजार ६ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३१ हजार २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३२ लाख ३२ हजार १ सय ६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड २३ लाख ९६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।
