Friday, November 20

भारतमा एकैदिन ३४ हजार बढी कोरोना संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ७६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ९ सय ९८ पुगेको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार २९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ९२ हजार ५ सय ६ पुगेको छ । 

यस्तै भारतमा हालसम्म ३ करोड १५ लाख ९० हजार ३ सय ८६ कोरोना संक्रमित निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *