Friday, November 20

भारतमा कोरोना संक्रमणबाट एकैदिन ११ सय ८६ जनाको मृत्यु

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गई दैनिक ५० हजारको हाराहारीका संक्रमित फेला परिरहेका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा ११ सय ८६ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ९४ हजार ५२४ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ४९ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड १ लाख ८२ हजार ४६९ जना पुगेको छ । हालसम्म २ करोड ९१ लाख ८५ हजार ५ सय ५९ कोरोना संक्रमित निको भइसकेका छन् । 

भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *