भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३५ हजार ७ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१ हजार १६ सय जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २५ लाख ११ हजार ३ सय ७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ९ सय ४८ कोरोना संक्रमित निको भएका छन् । हालसम्म ३ करोड १७ लाख ४६ हजार ६ सय २६ कोरोना संक्रमित निको भइसकेका छन् ।
